Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


नवनिर्वाचित सांसदलाई खाली नक्सासहित बधाई


0
Shares

जिल्लामा क्रियाशील सञ्चारकर्मीले मङ्गलबार प्रतिनिधिसभा सदस्यमा विजयी विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ (क) मा विजयी राजन राई र प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा विजयी रामकुमार राई (पासाङ)लाई जिल्लाको खाली नक्सा प्रदान गरेका हुन् ।

विकासका रङ भर्दै जिल्लालाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि दबाबस्वरुप प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई खोटाङको सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र प्रदान गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईले बताए ।

बधाई पत्रमा ‘खोटाङ जिल्लाको भाग्य र भविष्य निर्माण गर्दै विकास र समृद्धिको रङ भर्न यहाँलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको छ’ भनिएको छ ।

सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र बुझ्दै जनप्रतिनिधिले जिल्लाको समृद्धिको रङ भर्नका लागि प्राप्त अवसरलाई सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।