२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मनाङमा रेन्बो ट्राउट माछापालन फस्टाउँदै, जापानबाट ल्याइयो २१ हजार भुरा


0
Shares

मनाङको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले ट्राउट माछा पालन गरेका हुन् । नासोङ गाउँपालिकाको धारापानीमा पोखरी निर्माण गरी माछापालन गरिएको छ ।

हिमाली परियोजनाको ८० र आफ्नो २० प्रतिशत गरी ५९ लाख ४२ हजार रुपियाँको लगानीमा माछा पालन गरेको घलेले बताए ।

यहाँ जापानबाट ल्याइएका २१ हजार भुरा राखेर माछापालन व्यवसाय शुरु गरिएको हो । चिसो हावापानी भएकाले ट्राउट माछापालन राम्रो भएको घलेले बताए ।

उत्पादित सबै माछा स्थानीय बजारमै खपत हुने गरेको छ । पर्यटकीय क्षेत्र भएकाले माछा बेच्न गाह्रो नभएको घलेले जानकारी दिए ।

यहाँ उत्पादित माछा प्रतिकिलो १ हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको छ । ७ रोपनी जग्गामा गरिएको माछापालन व्यवसायमा ४ जनाले रोजगारीसमेत पाएका छन् ।

घलेले ट्राउट पालन सुरु गरेपछि मनाङमा अहिले अरु किसान पनि यो ब्यवसायतर्फ आकर्षित भएका छन् ।