 
	    गतवर्षको तुलनामा यस वर्ष खोटाङमा धान उत्पादनमा १३ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
मौसम अनुकूल र रोग किराको प्रभाव कम भएका कारण धान उत्पादनमा वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताए ।
जिल्लामा अघिल्लो वर्ष १४ हजार ८ सय ९८ हेक्टरमा धान खेति गरिएकोमा २८ हजार ५ सय ६४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यो वर्ष १५ हजार २ सय २ हेक्टरमा गरिएको खेतीबाट ३३ हजार ४ सय ४४ दशमलव ४ मेट्रिक टन धान उत्पादन भएको हो ।
खोटाङमा कूल ७५ हजार ५ सय ८५ हेक्टर कृषियोग्य जमिनमध्ये १५ हजार २ सय २ हेक्टरमा धान खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्