Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘बलात्कारपछि हत्या’ कसुरमा बाचुन्जेल कैद


0
Shares

काठमाडौं, पुस ५ । मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ ।

कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुसुम पौडेललाई अदालतले बुधबार सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो । अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्थाबमोजिम सजाय निर्धारण भएको बताए । –कान्तिपुर दैनिकबाट