
बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर १४ सय ८४ विन्दुमा आएर थामियो ।
यसदिन कारोबार भएका सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च ४३ अंकको गिरावट आयो । उत्पादनमूलक समूह ३५ अंकले, जलविद्युत् समूह २६ अंकले, अन्य समूह १० अंकले ओरालो लाग्दा बाँकी समूह भने सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीका ९ लाख ८३ हजार कित्ता सेयर ४२ करोड ४४ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्