Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सप्तरीमा बजार अनुगमन


0
Shares

प्रशासकीय अधिकृत जनक कोइराला नेतृत्वको टोलीले बुधबार सदरमुकाम राजविराजको बजार अनुगमन गरेको हो ।

त्यसक्रममा ६ ओटा मासु पसल दर्ता नगरी सन्चालन गरेको, नापतौलमा ढकको सट्टा इँटा र ढुंगाको प्रयोग गरेको पाइएको छ ।

अनुगमनकाक्रममा फेलापरेका सडेगलेका तथा बाख्राको मासु, म्याद गज्रेका अखाद्य वस्तु नियन्त्रणमा लिइ बुधबारै नगरपालिकाको कार्यालयको हाताभित्र नस्ट गरिएको छ ।

यस्तै, कम तौल बनाइ बिक्री गर्ने गरिएको ढक तराजु र इँटा–ढुंगासमेत जफत गरिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।