
राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको एक अध्ययनले नेपालमा गरिबीको संख्या सात प्रतिशतले बढेको देखाएको छ ।
यसअघि योजना आयोगले यसै वर्ष सार्वजनिक गरेको १४ औं त्रिवर्षीय योजनामा नेपालमा २१.६ प्रतिशत गरिब भएको उल्लेख थियो । बुधबार सार्वजनिक प्रतिवेदन अनुसार गरिबको संख्या २८.६ प्रतिशत पुगेको छ ।
यो तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको करिब एक तिहाइ हाराहारीमा गरिब छन् । योजना आयोगले गरिबीको बहुआयमिक सूचकांकका आधारमा पहिलोपटक यो प्रतिवेदन तयार पारेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्