सार्क मुलुकमा ध्रुवीकरण, माल्दिभ्सले भन्यो ‘भारत सबैभन्दा ठूलो दुश्मन’ • Image Khabar Image Khabar


सार्क मुलुकमा ध्रुवीकरण, माल्दिभ्सले भन्यो ‘भारत सबैभन्दा ठूलो दुश्मन’


Imagekhabar
६ पुष २०७४, बिहीबार १०:०६

सार्क मुलुकमा ध्रुवीकरण, माल्दिभ्सले भन्यो ‘भारत सबैभन्दा ठूलो दुश्मन’

पछिल्लो समय माल्दिभ्सले भारतलाई आफ्नो ‘सबैभन्दा ठूलो दुश्मन’ ठहर गरेको छ । यसअघि भारत र पाकिस्तानबीच शक्ति संघर्षका साथै कुटनीतिक द्वन्द्व हुँदै आएको थियो । अब माल्दिभ्सले पनि भारतविरुद्धको मोर्चामा आफूलाई प्रष्ट रुपमा उभ्याएको छ ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनको निकट मानिने अखबार ‘भागुथु’ ले आफ्नो सम्पादकीयमा भारतलाई देश कै सबैभन्दा ठूलो दुश्मन ठहर गर्दै चीनलाई आफ्नो मित्र मानेको छ । पछिल्लो समय माल्दिभ्सले चीनलाई बढी महत्वसमेत दिदैं आएको छ । केही परियोजनमा चीनलाई भित्र्याएको माल्दिभ्सप्रति भारत सशंकित हुँदै आएको समयमा सरकारी मुखपत्र मानिने सो अखबारले भारतसँगको सम्बन्धलाई थप उजागर गरिदिएको हो ।

सो अखबारले सम्पादकीयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुस्लिम विरोधी ठहर गरेको छ । सम्पादकीयमा श्रीलंका र कश्मिरमा भारतले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको तथा माल्दिभ्समा सरकार अपदस्थ गर्न खोजेको आरोप लगाइएको छ ।

उल्लेखनीय छ, भारतले माल्दिभ्ससँग मुक्त व्यापार सम्झौता (एफटिए) गर्न लामो समयदेखि कोसिस गर्दै आएको थियो तर हालै माल्दिभ्सले चीनसँग त्यस्तो व्यापार सम्झौता गरेको छ ।

नेपालमा पनि हालै वामपन्थी गठबन्धनले बहुमत हासिल गरेको छ । नाकाबन्दीका कारण यसअघि नै नेपालसँगको सम्बन्ध चिसो भएको नेपाल–भारतमा आगामी दिनमा कस्तो सम्बन्ध कायम होला भन्ने उत्सुकता जाग्नु स्वाभाविक नै हो । तर नाकाबन्दीको समयमा भारतको डटेर सामना गरेका केपी ओलीले फेरि पनि सरकारको नेतृत्व गर्ने लगभग पक्का छ । पूर्ण बहुमतको सरकारलाई नेतृत्व गर्ने अवसरसँगै ओलीले पनि भारतको तुलनामा चीनलाई महत्व दिन सक्ने आशंका भारतीय ‘थिङ्क ट्याङक’ ले व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्