रुपाकोट मझुवागढी नगरपालिकामा सरसफाई सप्ताह सुरु • Image Khabar Image Khabar


रुपाकोट मझुवागढी नगरपालिकामा सरसफाई सप्ताह सुरु


Imagekhabar
६ पुष २०७४, बिहीबार १०:२९

रुपाकोट मझुवागढी नगरपालिकामा सरसफाई सप्ताह सुरु

दिक्तेलको रत्नपार्कमा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य विशाल भट्टराई, प्रदेशसभाका सदस्यहरु राजन राई तथा रामकुमार राईलगायतले फोहोर संकलन गरेर सरसफाई अभियान शुरु गरेका हुन् ।

रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले अभियान एक हप्तासम्म सञ्चालन गरिने बताए ।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, स्थानीय व्यवसायी, शिक्षण संस्था, स्थानीयबासीलगायतले साथ दिएका छन् ।

एक हप्ताभित्र करिब एक हजार ट्याक्टर फोहोर उठाएर ल्याण्डफिलसाईटमा लैजाने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्