
काठमाडौं । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिएका छन् ।
खुला प्रतिस्पर्धाबाट सो पदमा उनले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हालेका थिए ।
आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उनले जानकारी दिए ।
उनले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुनः सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्