नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले जिल्लामा पहिलो पटक शव वाहन ल्याएको छ ।
३९ लाख रुपैयाँ पर्ने शव वाहन भन्सार छुट हुँदा १५ लाख ७६ हजार रुपैयामा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिए ।
शव बाहन खरिद गर्न सांसद विकास कोषबाट पूर्वसांसद श्रीप्रसाद जवेगुले १० लाख रुपैयाँ सहयोग गरेका थिए ।
त्यसैगरी फिदिम नगरपालिकाको ३ लाख तथा जिल्ला शाखाको आन्तारिक स्रोत र ऋण लिएर शव वाहन ल्याइएको रेडक्रस सोसाइटीका कार्यकारी अधिकृत गुरु तिम्सिनाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्