
बुधबार राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको १० भन्दा बढी टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगलागीमा १० भन्दा बढी टहरा जल्दा दुई लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए ।
राति २ बजे आगलागीको विषयमा थाहा भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बजारकैबीचमा रहेको टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षति हुनबाट जोगाइएको केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताए । आगलागीका कारणबारे अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्