२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


इलाममा रु चालीस लाखको लगानीमा बुद्धवाणी एफएम खुल्यो


0
Shares

सञ्चारकर्मी दिनेशकुमार महतको करिब रु ४० लाखको लगानीमा फिक्कल बजारमा सो एफएम सञ्चालन गरिएको हो ।

सूर्योदय सञ्चार विकास केन्द्रद्वारा सञ्चालित एफएमले तीन दिनदेखि परीक्षण प्रसारण सुरु गरेको छ ।

परीक्षण प्रसारणको करिब एकसातापछि नियमित प्रसारण गरिने महतले बताए । ९५.७ मेगाहर्जमा प्रसारण हुने उक्त एफएम इलाम, पाँचथर, झापा, इटहरीसम्म सुन्न सकिने बताइएको छ ।

एफएमको स्टेशन, समाचार कक्ष, कार्यक्रम उत्पादन कक्ष सम्पूर्ण तयारी भइसकेको छ । एफएमले रेडियो उद्घोषण, समाचारवाचक र कार्यक्रम उत्पादनसम्बन्धी १० दिने तालीम सुरू गरेको छ ।

तालीमलाई रेडियो नेपालका अमरध्वज लामा, नेपाल टेलिभिजनका जिल्ला समाचारदाता विजयशेखर भट्टराईलगायतले सहजीकरण गरिरहेका छन् । तालीममा ८० प्रशिक्षार्थीको सहगिता छ ।

बुद्धवाणी एफएमसँगै इलाममा इलाम एफएम, नेपालवाणी एफएम, रेडियो फिक्कल र चियाबारी एफएम सञ्चालनमा छन् । रासस