Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


काठमाडौं र ललितपुर महानगरमा मोनोरेल चलाउन डीपीआर सम्झौता


0
Shares

काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।

चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)लाई डीपीआर तयार पार्ने जिम्मा दिइएको हो ।

आज काठमाडौंमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिनियाँ कम्पनी चाइना रेलवे २५ औं ब्युरो ग्रुप कम्पनी लिमिटेडका ओभरसिज विजनेस म्यानेजमेन्ट विभागका प्रमुख झयु ग्वाङबिङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार अबको एक बर्षभित्र कम्पनीले डीपीआर तयार गर्ने छ । चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख शाक्यले काठमाडौंमा ट्राफिक जामको समस्या हटाउनको लागि मोनोरेल आवाश्यक रहेको बताए ।

उनले आफ्नै कार्यकालमा रेल चढ्ने चाहेकोले त्यो आवाश्यकता पूरा हुने गरि काम गर्ने बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मोनोरेल आफ्नो पनि चुनावी एजेण्डा रहेको भन्दै चिनिँया कम्पनीलाई जतिसक्दो छिटो काम अघि बढाउन आग्रह गरे ।