Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कम्युनिष्टको नाममा सेयरबजार अस्तव्यस्त बनाउन खोजिएको ओलीको आरोप


0
Shares

यसदिन उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । बिमा समूहमा ७७ अंकको गिरावट आयो भने वाणिज्य बैंक समूह पनि ६ अंकले ओर्लियो ।

यसदिन १५३ कम्पनीका ९ लाख ९० हजार कित्ता सेयर ४७ करोड ५८ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टको नाममा सेयरबजार अस्तव्यस्त बनाउन खोजिएको आरोप लगाएका छन् ।

बिहीबार ब्रोकर कम्पनीलगायत सेयर व्यवसायीसँगको भेटमा ओलीले नयाँ सरकार गठनपछि पुँजीबजारले पनि आफ्नो बाटो लिने बताएको जनाइएको छ ।