२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


फोहोर जलाउँदै हुनुहुन्छ ? कारवाहीमा पर्नुहोला !


0
Shares

घर वरपर वा सडक सफा राख्न वा आगोसमेत ताप्ने उद्देश्यले फोहोर बाल्दा प्रदुषण बढेर जनस्वास्थ्यमा समेत जोखिम बढेको भन्दै त्यसलाई रोक्न महानगरपालिकाले कारवाही बढाएको हो ।

पछिल्ला दिनमा फोहोर जथाभावी बाल्ने कार्यमा संलग्न ५/७ जनालाई दैनिक जरिवानासमेत तिराउने गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले कानुनअनुसार सचेत गराउँदा पनि यस्तो कार्य जारी राखेको पाएपछि कारवाही थालिएको बताए ।

समातिएकाहरुलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिम ५ हजार जरिवाना गरेर छाडिएको जानकारी कार्कीले दिए । –नागरिक दैनिकबाट