Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सुनसरी–मोरङ सिँचाइ आयोजना कर्मचारी भर्ती केन्द्र बन्दै


0
Shares

सरकार परिवर्तनसँगै गरिने कर्मचारी नियुक्तिले आयोजना कर्मचारी भर्ती केन्द्रका रुपमा विकास हुँदै गएको हो । अहिले आयोजनाका लागि आएको सबैभन्दा बढी रकम कर्मचारीकै तलवमा खर्च हुने गरेको छ ।

दैनिक ज्यालादारीमा रहेका कर्मचारीलाई मात्रै वार्षिक साढे ६ करोड रुपैयाँ तलव खुवाउनु पर्दा राज्य कोषमा व्ययभार परेको छ । सरकार परिवर्तनसँगै गरिने कर्मचारी नियुक्ति गरिँदा आयोजनामा दैनिक ज्यालादार कर्मचारीको संख्या ३०८ छ ।
आयोजनामा स्थायी, अस्थायी, करार र दैनिक ज्यालदारी गरी ४२० कर्मचारी छन् ।

जसमा सबैभन्दा बढी दैनिक ज्यालादारीको संख्या सबैभन्दा बढी छ । दैनिक ज्यालादारीमा काम गर्नेहरु २० वर्ष पुरानादेखि हालसालै नियुक्ति भएकासम्म छन् । सुनसरीको चतरास्थित मूख्य नहरमा ड्रेजर मेसिन चलाउने मास्टरदेखि हेल्पर, नहरको शाखामा पानी खोल्ने गेट अपरेटर, ढालपासमेत ज्यालादारीमा छन् ।

सुनसरी–मोरङ सि‘चाई आयोजना विराटनगरका लेखा अधिकृत हेमन्तकुमार गौतमले ४२० कर्मचारीमा ८८ जना स्थायी रहेको जानकारी दिँदै दैनिक ज्यालादार कर्मचारीका लागिमात्र आयोजनाले वार्षिक ६ करोड ६० लाख रुपैयाँ तलबमा खर्चनु परेको बताए ।

आयोजनाले नहर सञ्चालन शीर्षकमा पुँजिगत खर्चतर्फबाट उनीहरुलाई तलव खुवाउने गरेको छ ।