Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ग्यास सिलिण्डर किनेर घरमा लगेलगत्तै विस्फोट, जलेर घर ध्वस्त


0
Shares

                                             प्रतीकात्मक तस्वीर

गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको ग्यासको सिलिण्डर बिहीबार बेलुका घरभित्र पुर्‍याउँदा विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताइन् ।

ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गरेका छन् ।

मानिस घर बाहिर भएकाबेला विस्फोट भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताए ।

गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ । (रासस)