Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सिरहा मालपोतमा बम विस्फोट, तीनजना घाइते, एकको अवस्था गम्भीर (७ तस्वीर)


0
Shares

शुक्रबार दिउँसो साढे १ बजेतिर भएको विस्फोटमा परी मालपोत कार्यालयनजिकै लेखापढी व्यवसायी गर्दै आएका पवन पासवान गम्भीर घाइते भएका हुन् ।

यस्तै, सेवाग्राहीद्वय सिरहा नगरपालिका–१२ सारसरका राजकुमार पासवान र सोही स्थानका रोशनकुमार पासवान पनि घाइते भएका छन् ।

सिरहा–१ का पवनको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जनाइएको छ । राजकुमार र रोशनकुमारको भने जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

सिरहा प्रहरीले विस्फोटको पुष्टि गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रेसरकुकर बम विस्फोट भएको प्रारम्भिक अनुमान गरेको छ ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।