
प्रदेश नम्बर–१ को राजधानी धनकुटामा हुनुपर्ने माग गर्दै पहिलो र दोस्रो चरणमा र्याली, आमसभा, बजार बन्द, ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम गरेका उनीहरुले तेस्रो चरणअन्तर्गत् हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
हस्ताक्षर संकलन गरेर क्षेत्रीय प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइने धनकुटा प्रादेशिक राजधानी संघर्ष समितिका सदस्य विजय सन्तोसी राईले जानकारी दिए ।
धनकुटा बजार, पाख्रिबास, हिले, सिदुवा, भेडेटारलगायत एक दर्जनभन्दा बढी स्थानमा हस्ताक्षर संकलन सुरु गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्