१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रहरी र म्यादी प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु


0
Shares

तलब कटाइएको भन्दै म्यादी प्रहरीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरिरहेका बेला झडप भएको हो ।

त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर जिल्लाकै सानी–त्रिवेणी गाउँपालिका तिकुवाका विवेक ऐडीको मृत्यु भएको हो । झडपमा अरु केही घाइते भएका छन् । घटनापछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

म्यादी प्रहरीको प्रदर्शनले उग्ररुप लिएपछि पहिले लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाइएको छ । तर, स्थिति नियन्त्रणमा नआउँदा गोली चलाउनुपरेको प्रहरीले बताएको छ ।

गोली लागेका ऐडीलाई जिल्ला अस्पताल पुर्‍याइएकोमा अस्पतालमै उनको मृत्यु भएको हो ।