२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पर्वतमा एक घर जलेर ध्वस्त, करिव २५ लाखको क्षति


0
Shares

धाइरिङको सल्यानस्थित स्थानीय इन्द्रमणि सुवेदीको घरमा बिहीबार राती ११ बजे आगलागी हुँदा घर पूर्णरुपमा जलेर ध्वस्त भएको हो ।

पशुचौपायालाई कुडो पकाउन सल्काएको आगो एक्कासी घरमा फैलिएपछि आगलागी भएको वडा अध्यक्ष टुङगनाथ आचार्यले जानकारी दिए । राती नै स्थानीयको पहलमा आगलागी नियन्त्रणमा आएपनि घरमा भएका सबै सामान जलेको उनले बताए ।

वडा अध्यक्ष आचार्यका अनुसार घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडाकुडा र नगद गरी करिव २५ लाख रुपियाँ बराबरको क्षति भएकोे छ । तर, कुनै मानविय क्षति भने भएको छैन् ।

आगलागीको खबर पाएपछि गाउँलेहरुको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो । आर्थिक अवस्था कमजोर भएका सुवेदी परिवार गाउँलेहरुले बनाएको अस्थाई टहरामा बसेका छन् ।