१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


गुडविल फाइनान्सले १० प्रतिशत बोनस सेयर वितरण गर्ने


0
Shares

शुक्रबार राजधानीमा सम्पन्न २३औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ७ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

वार्षिक प्रतिवेदन प्रस्तुत् गर्दै अध्यक्ष राजाराम जोशीले आर्थिक वर्ष २०७३/७४ मा पनि संस्थाले उल्लेख्य प्रगति जारी राख्न सफल भएको बताए ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधारले बताए ।

संस्थाले आर्थिक वर्ष २०७३/७४ मा ९ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

समीक्षा अवधिमा ४ अर्ब ६५ करोड निक्षेप संकलन गरेको संस्थाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो ।