
काठमाडौं, पुस ४ । काठमाडौंको बसुन्धारामा आज बिहानै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते छन् ।
मृत्यु हुनेमा स्कुटर चालक बसुन्धारा बस्ने रामेछाप देउराली–४ का १७ बर्षीय अनिल श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बिहान सवा ३ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर पछाडी सवार अनिलकी आमा ३७ बर्षीया भगवती श्रेष्ठको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमै उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।
आज बिहान ३ बजे बा९७प ७८३७ नम्बरको स्कुटर बा४च ६८४८ नम्बरको भ्यानमा ठोकिएको थियो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्