
अभियानकर्मीद्वय नायिका रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियानलाई स्थानीय तहका नागरिक समाजका अगुवाले पनि सघाएका छन् ।
जिल्लामा सो अभियानमा लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी का गभर्नर मधुसूदन शर्मा, पूर्वगभर्नर सेम शाक्य, बी ग्रुपका गोपालनाथ योगी, महिला अधिकारकर्मी ऋचा लुइँटेललगायतले व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।
अभियानअन्तर्गत शुक्रबार यहाँ आयोजित खुला जनसभामा सहभागी विद्यालय र कलेजस्तरका विद्यार्थीका लागि बाल विवाहबाट उत्पन्न हुने समस्या र त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावका विषयमा जानकारी दिइएको थियो ।
सो अभियानका तर्पmबाट आयोजित पत्रकार सम्मेलनमा थापा र कार्कीले कुनै सहयोगी संस्थाका सहयोग नलिएर सबैको साझा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने बताए ।
उनीहरुका अनुसार नेपालमा हाल ३७ प्रतिशत छोरीको विवाह १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशत छोरीको विवाह १५ वर्ष उमेर नपुग्दै हुने गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्