इलाममा के कारण फस्टाएन चौरीपालन व्यवसाय ? (भिडियो) • Image Khabar Image Khabar


इलाममा के कारण फस्टाएन चौरीपालन व्यवसाय ? (भिडियो)


Imagekhabar
८ पुष २०७४, शनिबार १३:१४

इलाममा के कारण फस्टाएन चौरीपालन व्यवसाय ? (भिडियो)

सामुन्द्रिक सतहबाट २५ सय मिटरमाथिको उचाइमा गरिने चौरीपालन व्यवसाय यतिखेर संकटोन्मुख छ ।

इलाम र पाँचथरको सीमा सन्दकपुरमा केही वर्षअघिसम्म एक सयभन्दा बढी रहेका चौरीगोठ अहिले २४–२५ वटामा सीमित भएका छन् ।

पाँचथरको प्राङबुङका नरबहादुर मगर नयाँ तरिकाले चौरीपालन गर्न भन्दै इलामको सन्दकपुर झरेका छन् । पुख्र्यौली पेसालाई नयाँ ढंगले अघि बढाउन उनी सन्दकपुर आएका हुन् ।

लेकाली क्षेत्र चौरीका लागि अनुकूल मानिन्छ । लेकमा अन्न उत्पादन नहुने भएकाले त्यहाँका अधिकांश बासिन्दाले चौरी पाल्ने गरेका छन् ।

तर, चौरीपालनमा धेरै मेहनत र कम प्रतिफल हुन थालेपछि कृषकको चासो त्यसतर्फ घट्दै गएको हो ।

माथिल्लो क्षेत्रमा चरन क्षेत्रको अभाव र सडक सुविधा नहुँदा उत्पादित दुग्धजन्य पदार्थको बजारीकरण गर्न नसक्दा निकै समस्या छ । सन्दकपुर झरेपछि भने सडक तथा बजारको कुनै समस्या नभएको कृषक मगर बताउँछन् ।

कृषक मगरले अहिले १५ वटा चौरी पालेका छन् । सरकारले चरन क्षेत्रको व्यवस्था, दुग्धजन्य पदार्थ ओसारपसारका लागि सडक, पशु बिमालगायतमा कृषकलाई सहयोग पुर्‍याउने हो भने चौरीपालनलाई लेक क्षेत्रका धेरै कृषकले आयआर्जनको भरपर्दो माध्यम बनाउने थिए ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्