
शनिबार बिहान भएको दुर्घटनामा परी अन्य १७ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर सो बस दुर्घटना भएको हो ।
बनास नदीमा खसेको उक्त बसमा ५० जना यात्रुले यात्रा गरिरहेको जनाइएको छ । नदीमाथी बनाइएको पुल तर्ने बेलामा बस नदीमा खसेको हो । तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन् ।
नदीबाट २० जनाको शव बाहिर निकालिएको र घाइते मध्ये सात व्यक्तिको मृत्यु भएपछि सो संख्या ३३ पुगेको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्