Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राजनीतिक परिवर्तनले भारतीय सहयोग रोकिँदैन : महावाणिज्यदूत


0
Shares

शनिबार जिल्ला समन्वय समिति, चितवनले आयोजना गरेको चितवनको विकाससम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महावाणिज्यदूत प्रधानले नेपालमा भएको राजनीतिक परिवर्तनका कारण भारतबाट विकास निर्माणका लागि हुने सहयोग नरोकिने बताएका हुन् ।

परिवर्तनबाट नै विकास सुरु हुने भन्दै उनले भारत नेपालको हरेक विकास निर्माणका क्रममा साथमा रहेको बताए ।

नेपाल र भारतबीचको सम्बन्धलाई दिगो बनाउनका लागि आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराख्ने उनले बताएका छन् । केही समयअघि चिसिएको सम्बन्धलाई सुधार गर्दै अझै बलियो सम्बन्ध बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले लामो समयदेखि व्यवस्थित योजना बनाउन नसक्दा जिल्लाको विकास सोचेअनुसार हुन नसकेको बताए । नेपालको एक महत्वपूर्ण जिल्लाका रुपमा रहेको चितवनको विकासका लागि भारत सरकारले चासोका साथ काम गर्नु आवश्यक रहेको उनले बताए ।

जिल्ला समन्वय समिति, चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजन गौतम, यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतले बोलेका थिए । रासस