
काठमाडौं, पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिक लिने देश, रोजगारदाता वा श्रम गर्ने श्रमिककाबीचमा रहेर काम गर्नेहरु जिम्मेवार एवं पारदर्शी हुनुपर्ने बताएका छन् ।
१८औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा अपारदर्शी र गैरकानुनी कामहरु भएको जिकिर गरे ।
वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेका त्यस्त अपारदर्शी र गैरकानुनी क्रियाकलापको अन्त्यका लागि सरकारबाटै पहल गरिने उनको भनाइ छ ।
श्रमिककाबीचमा रहेर पुलको काम गर्नेहरुलाई नैतिकवान भएर काम गर्न पनि उनले सुझाव दिए ।
संयुक्त राष्ट्रसंघले सन् २००० देखि डिसेम्बर १८ लाई विश्व आप्रवासन दिवसकारुपमा मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्