दार्चुलामा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले पुस अन्तिम सातादेखि परीक्षण उत्पादन थाल्ने तयारी गरेको छ ।
आयोजना प्रमुख अजय दाहालले माघ महिनाभित्र आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने बताए ।
एक महिनाअघि नै वेट टेस्ट सुरु गर्ने योजना भएपनि ड्यामसाइटको गेट नम्बर–१ मा समस्या देखिएपछि वेट टेस्टको काम पछि सरेको थियो ।
वेट टेस्ट गरेपछि सबै ठीक रहेमा जनवरीको पहिलो सातामा एउटा इकाइबाट भएपनि परीक्षण उत्पादन थाल्ने दाहालले जानकारी दिए ।
अर्को इकाइको परीक्षण भने पहिलो इकाइको परीक्षण भएको १५ दिनपछि गरिने जनाइएको छ ।
सन् २००७ देखि निर्माण सुरु भएको आयोजनाको संशोधित लागत १५ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्न प्रसारणलाइन पनि तयार पारिसकेको आयोजनाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्