Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


लगानीकर्ताहरुलाई संयमित हुन धितोपत्र बोर्डको आग्रह


0
Shares

काठमाडौं, पुस ३ । नेपाल धितोपत्र बोर्डले विगत केही दिनदेखि लगानीकर्ताहरुले पुँजीबजारसम्बन्धी राखेका माग तथा दोस्रो बजार कारोबार रोक्नेसम्बन्धी भएका अवाञ्छित स्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समयमा मुद्रा तथा पुँजीबजारमा देखिएको प्रवृत्तिहरुको समग्र मूल्याकंन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सुझाव पेस गर्न गठित समितिले छिट्टै प्रतिवेदन बुझाउनेक्रममा रहेको बोर्डले जनाएको छ ।

समितिमा बोर्डका प्रतिनिधिसमेत सदस्य छन् ।

उक्त समितिले सरोकारवालाहरुसँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिवृद्धि हुने तथा लगानीकर्ताहरुका मागसमेत सम्बोधन हुनेमा बोर्ड विश्वस्त रहेको भन्दै दोस्रो बजार कारोबार सन्चालनमा संयमता अपनाउन लगानीकर्तालाई आग्रह गरेको छ ।

Skip This