काठमाडौं, पुस ३ । अघिल्लो दुई दिन दोहोरो अंकले सुधारिएको पुँजीबजार मंगलबार भने दोहोरो अंकले नै झर्यो ।
मंगलबार सेयरबजार परिसूचक नेप्से १४ अंकले घटेर ११ सय ६८ मा आइपुग्यो ।
आइतबार र सोमबार सेयरबजार सकारात्मक रहेको थियो ।
यसदिन कारोबार भएका उत्पादनमूलक समूह र अन्य समूह सामान्य अंकले उकालो लागेबाहेक सबै समूह ओरालो लागे ।
यसदिन निर्जीवन बिमा समूह सबैभन्दन उच्च १९२ अंकले ओर्लियो भने जीवनबिमा समूह पनि ४९ अंकले झर्यो । बैक, लघुवित्त, विकास बैंक र जलविद्युत् समूह पनि दोहोरो अंकले ओरालो लागे ।
यसदिन १५९ कम्पनीका एक लाख ४७ हजार कित्ता सेयर ५३ करोड २३ लाख रुपैयाँमा किनबेच भएकोे एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्