Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पहुचँयुक्त भौतिक संरचना निर्माण गरिए बिश्वभरबाट अपाङगता भएका पर्यटक भित्र्याउन सकिने


0
Shares

राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटनमा अपांगता भएका ब्यक्तिहरुको सहज पहुचँ बनाउन सके बिभिन्न देशबाट अपाङ्ता भएका पर्यटकहरुलाई समेत भित्राउन सकिने संभावना रहेको बताएका छन् ।

तर भौतिक संचरनाहरु अपाङ्गता मैत्री नहुदाँ देशभित्रका अपाङ्गता भएका ब्यक्ति तथा बिदेशबाट नेपाल घुम्न आउने पर्यटकहरु समेत चाहेको स्थानमा नपुगि फर्किने गरेको उदाहरण समेत दिइएको थियो ।

नेपाल दृष्टिबिहीन सहयोग संघको सकृयतामा “नेपालमा पहुँचयुक्त समावेशी पर्यटनका प्रबद्र्धनका लागि एक अभियान” नाम दिएर आयोजना गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रकाश बन्जाडेले अपाङ्गगता भएका व्यक्तिहरुलाई राफ्टिङ लगायतको साहसिक पर्यटनमा सहभागि गराइसकेको अनुभव सुनाउदै नेपालमा अपाङ्गगता मैत्री वातावरणको विकासका लागि सरकारी तहबाट नै काम अगाडि बढाउनुपर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको सवाल उठान गर्नमा नेपाल पत्रकार महासंघ आजको दिनदेखि संस्थागत सहकार्यमा जुट्ने प्रतिवद्घता जाहिर गरे

मिडिया भनेको आवाज विहीनहरुको आवाज भएको कारण समेत अपाङगता भएका ब्यक्तिहरुका मुद्दाको सवालमा खरो उत्रनुपर्ने समेत बताए । साथै उनले एक महिने तालिममा सहभागि अपाङ्गता भएका पत्रकारहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।

एबिलिस फाउन्डेशनका नेपाल प्रतिनिधि डा.विरेन्द्रराज पोखरेलले अपाङ्गगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय महासन्घीको मर्म र सिद्दान्त अनुरुप नेपालको पर्यटन क्षेत्र –होटल, पार्क, मन्दीर, सङग्राहलय अपाङ्गता भएका व्यक्तिहरुको लागि पनि पहुँचयुक्त हुनसके त्यसबाट सबै खाले नागरिकहरुलाई लाभ पुग्ने र पर्यटन व्यवसायीहरुले समेत दोब्बर लाभ उठाउन सक्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माधव चौलागाईले आफ्ना मुद्दाहरु उठान गर्नका लागि अपाङ्गगता भएका व्यक्तिहरु पत्रकारिता पेशामा जुट्न आवहान गरे ।

साथै अपाङ्गता भएका ब्यक्तिहरु पत्रकारिता पेशामा आउदाँ चुनौती देखिए पनि राम्रो गर्न सक्ने संभावना समेत उत्तिकै रहेको बताए ।

कार्यक्रममा संघले गत कार्तिक ६ गतेदेखी ८ गतेसम्म आयोजना गरेको सबै प्रकारको अपाङ्गगता भएका व्यक्तिहरु राफ्टिङ लगायतका साहसिक पर्यटनमा सहभागि भएको भिडियो र फोटोहरु समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा अपाङ्गगता भएका कलाकारहरुले उत्कृष्ट गीत संगीत समेत प्रस्तुत गरेका थिए ।