Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


लहानमा क्यान्सर अस्पताल बनाइने


13
Shares

लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औं केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पूर्वान्चलमै क्यान्सर अस्पताल नहुँदा अर्बुद रोगी उपचारका लागि चितवन वा काठमाडौं जान बाध्य छन् । नेपाल अर्बुद निवारण संस्था सिरहाको पहलमा लहानमा अस्पताल निर्माण गरिने सर्वपक्षीय सहमतिसमेत भएको छ । ‘लहानमा क्यान्सर अस्पताल निर्माण गर्ने कुरा सकारात्मक हो, अस्पताल निर्माणका लागि म सक्दो सहयोग गर्नेछु’, कार्यक्रममा विना विभागीयमन्त्री गिरिराजमणि पोखरेलले भनेका थिए ।

कार्यक्रममा लहान नगरपालिकाका प्रमुख मुनि साहले अस्पताल निर्माणका लागि नगरपालिकाका तर्फबाट जग्गा र व्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । मुरारका ग्रुपका सन्चालक तथा लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालका संस्थापक अशोक मुरारकाले आफ्नो गृह नगरसमेत रहेको लहानमा क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।यस्तै, नेपाली कांग्रेसका नेता तथा लहानस्थित सगरमाथा चौधरी आँखा

अस्पतालका संस्थापक पदमनारायण चौधरीले अस्पताल निर्माण गर्ने आफूहरुको धेरै पहिलेदेखि नै योजना रहेको बताउँदै निर्माणमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

बढ्दो विषादीको प्रयोग, अस्वस्थ्य जीवन शैली तथा धूमपान र मद्यपानका कारण वर्षेनी अर्बुद रोगीको सङ्ख्या बढ्दै गए पनि २ नम्बर प्रदेशमा अस्पताल नहुँदा बिरामी मारमा पर्दै गएकाले यहाँ अस्पताल निर्माण आवश्यक रहेको सरोकार भएकाहरुको भनाइ छ । रासस

Skip This