Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


वीरगन्ज-पथलैया ६ लेनको व्यापारिक मार्ग निर्माणको काम अबरुद्ध


0
Shares

सडक आसपास २५ मिटरभित्र निर्माण भएका संरचना हटाउन स्थानीयले अटेर गरेपछि व्यापारिक मार्ग निर्माणको काम अबरुद्ध भएको हो ।

व्यापारिक मार्गमा पर्ने जितपुर बजारकोे डेढ किलोमिटरभित्रका दर्जनौं ब्यापारिक संरचना र पक्की घर हटाउन स्थानीयले अटेर गरेका हुन् ।

पथलैया–वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत पथलैयादेखि सुख्खा बन्दरगाहसम्म ६ लेनको सडक निर्माण गर्न सरकारले २०७३ साल असार २९ गतेदेखि काम थालेको थियो ।

निर्माण सुरु भएदेखि नै आयोजनाले संरचना हटाउन पटक–पटक गरेको आग्रहलाई जितपुरबासीले अवज्ञा गर्दै आएका छन् ।

स्थानीयबासीले भौतिक संरचना हटाउँदा क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् ।

पथलैया, सिमरालगायतका क्षेत्रका बासिन्दाले भने यसअघि नै आफ्ना संरचनाहरु हटाइसकेका छन् ।