१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ट्याक्सी दुर्घटनामा ६ जना घाइते


0
Shares

झापाको बिर्तामोडबाट यात्रु लिएर तेल्लोकतर्फ आउँदै गरेको गरेको मे१ज १२३५ नम्बरको ट्याक्सी आइतबार साँझ ६ः४५ बजेतिर अचानक सडकबाट १० मिटर तल खसी दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्याक्सीमा सवार ६ जना घाइते भएका हुन् । घाइते सबैको तेल्लोक स्वास्थ्य चौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । ट्याक्सीका चालक प्रहरीको नियन्त्रणमा छन् ।