Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, अर्का एकजना घाइते


0
Shares

गएराति पौने १ बजे लु२६प ५०४२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार एक जना गम्भिर घाईते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा चालक रुपन्देही देवदह नगरपालिका–६ खैरेनी बस्ने २२ वर्षीय अमृत पौडेल रहेका छन् । उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

सोही दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाईकलमा पछाडी सवार कास्की पोखरा लेखनाथ महानगरपालिका–१७ बस्ने २२ वर्षीय मनोज पौडेलको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।