१६०० मिटरको उचाईमा रहेको पहाडमा पहिलोपटक बोरिङ प्रविधिमार्फत् पानी निकालिएको हो ।
अलैंची विकास केन्द्रले अलैंची नर्सरीमा सिँचाइका लागि बोरिङ प्रविधिबाट पानी निकालेको अलैंची विकास अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिए ।
नेपाल तराई निर्माण तथा डीप ट्वेल प्रालि दोलखाको कम्पनीबाट डीटीएच मसिन ल्याएर पानी निकालेको उनले जानकारी दिए ।
यो प्रविधि भित्रिएसँगै इलामका सुक्खा ठाउँमा खानेपानी तथा सिँचाइका लागि पानी निकाल्न सहज हुने अधिकारीले बताए ।










प्रतिक्रिया दिनुहोस्