Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु


0
Shares

धुलिखेलबाट भकुन्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नम्बरको मोटरसाइकललाई भकुन्डेबाट धुलिखेलतर्फ आउँदै गरेको ना४ख ८०८० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलामा सवार एकजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।

प्रहरी उपरीक्षक सहकुल थापाले मृतकको सनाखत नभएको जानकारी दिँदै मोटरसाइकल चालक सामान्य घाइते भएको बताए । मृतक काठमाडौंबाट नै मोटरसाइकलमा लिफ्ट लिएर आएको बताइएको छ ।

दुर्घटनामा संलग्न बस चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, जिल्लाको पनौती नगरपालिकामा आइतबार राती हिटरबाट सल्केको आगो लागेर भारतीय नागरिक सुजित जैसवालको मृत्यु भएको छ । उनले सो क्षेत्रमा निर्माणसम्बन्धी काम गर्दै आएका थिए । रासस