२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोग नै अलमलमा


0
Shares

election commission

आयोगले प्रदेशसभाको अन्तिम परिणाम सम्बन्धित प्रदेशका प्रमुखलाई बुझाउने संवैधानिक व्यवस्था छ ।

प्रदेश प्रमुखको नियुक्ति नुहँदा प्रदेशसभाको समानुपातिक परिणाम दिन र प्रदेशसभाका सदस्यहरुको सपथ ग्रहणसमेत रोकिने अवस्था छ ।

संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा)मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई महिला हुनुपर्ने प्रावधान छ । यही प्रावधानले राष्ट्रियसभाको गठन नभएसम्म प्रतिनिधिसभाको समानुपातिको परिणाम दिन आयोगलाई समस्या भएको छ ।

प्रत्यक्षतर्फको परिणाम दिँदा प्रतिनिधिसभालाई प्राथमिकतामा राखेको आयोगले समानुपातिकको परिणाम दिन प्रदेशसभाका काम पहिले अघि बढाएको छ ।

आयोगले प्रदेशसभामा कुन दलले कति सिट पाएको छुट्याएर पुस १५ गतेभित्र उम्मेदवारहरुको नामावली पेस गर्न दलहरुलाई पत्राचार गरिसकेको छ । –कान्तिपुर दैनिकबाट