राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सो सडकखण्डमा ढल निकासका लागि ह्युम पाइप राख्दा १३ घर परिवार जोखिममा परेका हुन् ।
बाग्लुङ नगरपालिका वडा नम्बर ३ मा सडक चौडा बनाएर ढल निकासका लागि पाइप बिच्छाएपछि त्यहाँका स्थानीयले आफूहरु विस्तापित हुने अवस्थामा पुगेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
वस्तीभन्दा माथिबाट पाइप राख्दा वर्षाको समयमा भल बग्ने भएकाले त्यसको छिट्टै व्यवस्थापन गर्नुपर्ने माग स्थानीयको छ ।
आफूहरुको समस्या समाधानको पहल कतैबाट नभएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।
वस्तीनै जोखिममा पारेर भौतिक संरचना निर्माण गर्न नपाइने स्थानीयको भनाइ छ ।
यता मध्य पहाडी लोकमार्गका क्लस्टर नम्बर १ का साइड इन्चार्ज यज्ञ शाहीले बस्तीलाई जोखिम नहुने गरी पाइपलाई सुरक्षित पर्खाल लगाएर निकास दिने बताए ।
लोकमार्ग निर्माणका क्रममा अहिले नाली काट्ने, पाईप राख्ने, कल्र्भट निर्माण गर्ने र वाल लगाउने जस्ता काम भइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्