
फिलिपिन्सबाट भियतनातर्फ प्रतिघण्टा ५८ माइलको रफ्तारमा अघि बढ्दै गरेको आँधीले विनास निम्त्याउन सक्ने भन्दै भियतनाम सरकारले ७० हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न सचेत तुल्याएको हो ।
यसैबीच भियतनामको दक्षिणी प्रान्त ब्याकलेउका बासिन्दालाई विभिन्न विद्यालयमा सारिएको छ ।
भियतनामको मौसम पूर्वानुमान महाशाखाले भियतनामको दक्षिणपश्चिमी तटीय क्षेत्रमा आँधीको सम्भावना तीब्र रहेको भन्दै यसले ठूलो नोक्सानी पु¥याउन सक्ने जनाएको छ ।
आँधीको सम्भावनालाई मध्यनजर गर्दै ६२ हजार डुंगालाई माछा मार्न रोक लगाइएको छ ।
तेम्बिन आँधीका कारण फिलिपिन्समा २ सय ७० जनाको ज्यान गइसकेको छ भने सयभन्दा बढी हराइरहेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्