Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जंगलमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


0
Shares

उखु लोड गरेको ना३ख ९४९० नम्वरको ट्रकले ठक्कर दिँदा महोत्तरीको लक्ष्मीनिँया बस्ने पुष्पलाल गोलेकी श्रीमती ४५ वर्षीया इन्द्रकुमारी गोलेको मृत्यु भएको हो । हरिवनबाट उखु लिएर एभरेष्ट चिनी उद्योग रामनगरतर्फ जाँदै गरेको ट्रकले सोमबार साँझ बाँके खोला नजिकै ठक्कर दिँदा इन्द्रकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी फूलजोरले जनाएको छ ।

दुर्घटनापछि चालक र ट्रकलाई ईलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको छ । महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरी निरीक्षक अनिल कुमार पौडेलले जानकारी दिए ।

मदिराले मातिएर हिँडिरहेकी महिला आफै ट्रकमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।