Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पैदलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेका मोटरसाइकल चालक बसमा ठोक्किएर घाइते


0
Shares

मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारे चोकमा मंगलबारपैदलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल बसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।

प्रहरीका अनुसार बिहान साढे ५ बजे पैदलयात्री स्थानीय ६० वर्षीय ललितबेघा लिम्बुलाई ठक्कर भाग्दै गरेको मे२प ५७०१ नम्बरको मोटरसाइकल को१ख २१६४ नम्बरको बसमा ठोक्किएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक इलामको इलाम नगरपालिका ८ तिल्केनीका ३० वर्षीय सोवित राईको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट सामान्य घाइते पैदलयात्री लिम्बुको भने सुकुना सामुदायिक अस्पताल विराटचोक मोरङमा उपचार भइरहेको छ ।