२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै, प्रधानमन्त्रीले दिए शुभकामना


0
Shares

काठमाडौं । आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । श्रमको सम्मान, राष्ट्रिय अभियान र सीपयुक्त जनशक्ति र स्वरोजगार: आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।

सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको दिनको सम्झनामा सन् २००० देखि आप्रवासन दिवस मनाउन थालिएको हो ।

अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् ।

विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तार, आन्तरिक संघर्ष लगायतका कारणले विश्वमा आप्रवासीको संख्या बढ्दै गएको छ ।

नेपालबाट पनि रोजगारीका लागि लाखौं युवा विदेशिने गरेका छन् ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् ।

आप्रवासन दिवसका अवसरमा शुभकामना दिँदै उनले बर्सेनी लाखौं नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।