कार्यालय समयमा दैनिक कर्मचारीहरु अनुपस्थित हुने गरेको भन्दै मूलगेटमा तालाबन्दी गरिएको हो ।
जनप्रतिनिधिहरु कार्यालयमा ‘अनुहार देखाएर हिँड्ने’ र कर्मचारी पनि ‘हाजिर लगाएर आफ्नो काम गर्न घर जाने’ गरेको आरोप उनीहरुले लगाएका छन् ।
कार्यालयमा भएका कर्मचारी पनि घाम तापेर बस्ने गरेको आरोप सेवाग्राहीको रहेको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख विभिन्न कार्यक्रममा बाहिर जाने र अरु कर्मचारी पनि कार्यालयमा नबस्दा सेवाग्राहीलाई समस्या भएको स्थानीयको भनाइ छ ।
धनगढी उपमहानगरपालिकामा केही दिनयता दर्ता–चलाली फाँटका कर्मचारी र राजस्व सकंलन गर्ने कर्मचारीमात्रै भेटिने गरेका छन् । अरु कर्मचारी हाजिर लगाउने समय बिहान र बेलुकामात्र देखिने गरेको नगरवासीको गुनासो छ ।










प्रतिक्रिया दिनुहोस्