पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । ‘पश्चिमी वायुको सामान्य प्रभावले नै मंगलबार पश्चिमका एक÷दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ, यसको प्रभाव अझै बढ्ने देखिएको छ,’ उनले भनिन् ।
मंगलबार काठमाडौं उपत्यकासहित देसका मध्य र पश्चिमी भेगमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम प्रतिकूलकै कारण तराइका केही विमानस्थलबाट काठमाडौं उडान भर्न नसकेको बताइएको छ ।
काठमाडौंको न्यूनतम तापक्रम ५ र अधिकतम तापक्रम १९ डिग्रिसेल्सियस रहेको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि उपत्यकासहितका क्षेत्रमा चिसो बढेको छ । पुसको पहिलो साता काठमाडौंको न्यूनतम तापक्रम घटेर २ डिग्रिसेल्सियससम्म पुगेको थियो । रासस










प्रतिक्रिया दिनुहोस्