
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको र दुर्घटनामा अरु तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा रौतामाई–४ का गाडी चालक ३५ वर्षीय रत्न राई, सोही स्थानका ४६ वर्षीय भक्तबहादुर सार्की र ४० वर्षीया निर्मला राई रहेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।
घाइतेहरुको उद्धार कार्य जारी रहेको पनि उनले बताए ।
रौतामाई गाउँपालिकाको सल्ले बजारबाट सुन्तला बोकेर आउँदै गरेको स१च १२२८ नम्बरको उक्त बलेरो जिप जितेनी पाखाको भिरमा अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्