रसुवा । रसुवाको पासाङल्यामु सडकअन्तर्गत बेत्रावतीदेखि सोमदाङसम्मको सडकको दायाँ बायाँको जग्गा कित्ताकाट गरी फुकुवा गर्न स्थानीयले माग गरेका छन् ।
तत्काल कित्ताकाट, जग्गा नक्साङ्कन, रोक्का भएको जग्गा फुकुवा गर्न उनीहरुले स्थानीय निकायमार्फत सम्बन्धित निकायमा पहल गरि दिन माग गरेका हुन् ।
सडकको दायाँ, बायाँको जग्गा फुकुवा नहुँदा किनबेच गर्न, अंशबण्डा गर्न, बैंकिङ कारोबार गर्न असहज भएको जग्गाधनीहरुको भनाइ छ ।
बेत्राबतीदेखि सोमदाङसम्मको ९७ किलोमिटर सडक निर्माण भई सञ्चालनमा आएको ३३ बर्ष बितिसकेको छ ।
अहिलेसम्म कित्ताकाट नहुँदा ६ सय परिवारले समस्या भोग्दै आएका छन् ।
कतिपय स्थानमा स्थानीयले समयमै सूचना नपाँउदा भूकम्पपछि सडकमै टाँसेर घर निर्माण गरेका छन् ।
पछिल्लो समय सडक डिभिजन कार्यालयले त्रिशुली सोमदाङ सडक ग बर्गमा परेको भन्दै सडकको दायाँ बायाँ १०/१० मिटर छाडे पुग्ने जनाएको छ ।
सडकको मापदण्डबारे लिखित परिपत्र नहुँदा स्थानीय, नापी तथा मालपोत कार्यालय र जिल्लाका बैंकहरु अन्योलमा पर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्