Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


पुल निर्माण सुरु भएको ८ वर्षपछि बल्ल ढलान


0
Shares

लमजुङ । लमजुङको दोर्दीखोलामा पुल निर्माण सुरु भएको ८ वर्षपछि बल्ल ढलान भएको छ ।

दुई वर्षमा सक्नुपर्ने दोर्दी खोलाको पुल निर्माण सुरु भएको ७ वर्ष ८ महिनामा ढलान भएको हो ।

ढलानपछि बेसीशहर नगरपािलका–११ चिती र दोर्दी गाउँपालिका–४ नौथरसेरा जोडिने भएको छ ।

६० मिटर लम्बाईको यो पुलको २०६८ साल चैतमा सिलान्यास भएको थियो ।

पुल निर्माणको ठेक्का पाएका हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले काममा ढिलाइ गरेका हुन् ।

पुल निर्माण सक्न अझै तीन महिना लाग्ने निर्माण पक्षले जनाएको छ । पुल ढलान भइसकेकाले अब भने तोकिएको समयमा काम हुनेमा स्थानीय ढुक्क छन् ।

सरकारले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही थाल्ने प्रक्रिया अघि बढाएपछि गत जेठबाट निर्माणको कामले गति लिएको हो ।

पुल बनाउन २ करोड ८० लाख रुपैयाँमा सम्झौता भएको यिो । पुलमा दायाँ–बायाँ ६०/६० सेन्टिमिटरको फुटपाथ रहने डिजाइनमा छ ।

निर्माणमा ढिलाइ गरेपछि सडक कार्यालयले निर्माण कम्पनीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना पनि गरेको छ ।